नेपाल लाइफ इन्स्योरेन्सको सीइओबाट बिदा भए झा, कामूको जिम्मा प्रसाईलाई

काठमाडौं, १ साउन । नेपाल लाइफ इन्स्योरेन्सको करिब एक दशकसम्म नेतृत्व गरेका विवेक झा प्रमुख कार्यकारी अधिकृतबाट बाट बिदा भएका छन् ।

लगातार दुई कार्यकाल ८ वर्ष नेपाल लाइफ इन्स्योरेन्सको सीइओ भएर सफलता साथ कार्यकाल पुरा गरेर झा सञ्चालक समितिसँग भएको सम्झौताअनुसार प्रमुख कार्यकारी अधिकृतबाट बिदा भएका हुन् ।

नेपाल लाइफ इन्स्योरेन्सले २०६९ साल साउन १ गते झालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

२०६७ भदौ १ गते नेपाल लाइफमा उप–महाप्रबन्धकका रूपमा प्रवेश गरेका झाले त्यसको १० महिनामै कामु महाप्रबन्धकको जिम्मेवारी पाएका थिए ।

आफ्नो कार्यकालमा कम्पनीलाई सबै सूचकाङ्कमा उत्कृष्ट बनाउँदै उनी जीवन बिमाको क्षेत्रमा करिब एकतिहाइ बजार हिस्सा कायम राख्न सफल भए । संचालक समितिले नेपाल लाइफ इन्स्योरेन्सको कामू सीइओको जिम्मा सन्तोष प्रसाईलाई दिएको छ ।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका प्रसाई नेपाल लाइफमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । प्रसाई नेपाल लाइफ आउनुअघि बिमा समितिमा थिए ।

झा नेपाल लाइफको नेतृत्व सम्हाल्दा कम्पनीको चुक्ता पुँजी ६३ करोड थियो । अहिले नेपाल लाइफको चुक्ता पुँजी ५ अर्ब ४९ करोड छ ।

यस्तै १३ अर्ब ५३ करोड रहेको लगानीलाई ८६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । आठ वर्षअगाडि नेपाल लाइफमा कुल बिमा शुल्क तीन अर्ब ९० करोड थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here