राजश्व संकलन लक्ष्यभन्दा कम, संसोधित लक्ष्यमा भने सफलता

काठमाडौं, १ साउन । सरकारले गत आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ७ खर्ब ६८ अर्ब ६१ करोड ८ लाख रुपैयाँ मात्र राजश्व संकलन भएको छ ।

लक्ष्यअनुसार उठाउन सामन्य अवस्थामै असफल भएको सरकारले वर्षान्तसम्म लक्ष्यको ७१.३८ प्रतिशत उठाउन सफल भएको छ।

महालेखापरीक्षकको प्रतिवेदन अनुसार गैरकर राजश्वको हिस्सा ९३ अर्ब रहेको छ। १८ अर्ब विदेशी अनुदान पाएको सरकारले ४७ अर्ब अन्य आयको शिर्षकमा आफ्नो आम्दानी देखाएको छ। सरकारको संसोधित लक्ष्यमा भने सफलता मिलेको छ ।

पछिल्लो समय जेठ १५ मा आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउदा अर्थमन्त्री डा युवराज खतिवडाले ८ खर्ब २७ अर्ब यो वर्ष राजस्व उठ्ने संसोधित अनुमान गरेका थिए ।

महालेखा नियन्त्रक कार्यालय स्रोतका अनुसार अर्थमन्त्रालयको सिस्टममा बुधबार बेलुका ५ बजेसम्म ८ खर्ब २८ अर्ब रुपैयाँ राजस्व उठेको छ ।

यो वर्षको लागि गरिएको संसोधित अनुमानमा ८ खर्ब २७ अर्ब ८३ करोड रुपैयाँको संसोधित अनुमानमा केन्द्र सरकारको संघीय कोषमा दाखिला हुने ७ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ । १ खर्ब १८ करोड रुपैयाँ प्रदेश र स्थानीय तहलाई बाँडफाँड हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here