नेप्से ३२.४२ अंकले बढ्यो, एक अर्ब ४ करोड बढिको कारोबार

काठमाडौं, १ साउन । सेयर बजार उकालो लाग्ने क्रम जारी छ । बिहिबार नेप्से परिसूचक नेप्से ३२.४२ अंकले बढेर १३९४.७७ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार बिहिबार १ सय ८० कम्पनीका १९ लाख १४ हजार ५१८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४ करोड १७ लाख ७० हजार ८६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार सम्पुर्ण सूचक तथा उपसूचक हरियो देखिँदा १११ वटा कम्पनीको सेयर मूल्यमा सुधार आएको छ भने ३९ वटाको मूल्यमा गिरावट आएको छ।

१४ वटाको मूल्यमा भने खासै परिवर्तन देखिएन। वाणिज्य बैंकको सूचक ४० अंकले सुधार भएको छ। कारोबार रकमको आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको सेयर शीर्ष स्थानमा रह्यो ।

यसको ९ करोड ४१ लाख ७२ हजार ५६४ रुपैयाँको कारोबार भएको छ । कारोबारकै आधारमा एनएमबी बैंक र एनआइसी एशिया बैंक क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् ।

आज एनआइसी एशिया लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले बढेको छ भने ओरेन्टल होटलको सेयर मूल्य सबैभन्दा धेरै ६.३८ प्रतिशतले घटेको छ ।

त्यस्तै बैंकिङ समूहमा ४०.९९ अंक, व्यापार समूहमा १३.९१ अंक, होटेल्स् समूहमा १२.२६ अंक, विकास बैंक समूहमा ६०.०५ अंक, जलविद्युत् समूहमा ९.९२ अंक, वित्त समूहमा १६.८२ अंक, निर्जीवन बीमा समूहमा ७९.३७ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४५.५५ अंक, अन्य समूहमा ६.७९ अंक, लघुवित्त समूहमा ६.४८ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ अंकको बढोत्तरी देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here