थप १ सय ६७ जनामा कोरोना संक्रमण, २ सय १३ डिस्चार्ज

काठमाडौं, १ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ४ हजार ९ सय ८१ वटा नमुना परिक्षण गरिएकोमा १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा थप २ सय १३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११ हजार २ सय ४९ पुगेको छ।

कुल संक्रमितमध्ये ३९ जनाको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here