रियलीमी सिक्स र सिक्स आई स्मार्टफोन नेपालमा, ६४ एमपी क्यामेरा

काठमाडौं, १ साउन । रियलमी सिक्स र रियलमी सिक्स आई स्मार्टफोनहरु नेपाली बजारमा आइपुगेका छन् । रियलमी फाइभ प्रोको विकसित स्वरुप रियलमी सिक्सले क्यामेरा, डिस्प्ले र पर्फमेन्शमा धेरै अपग्रेडहरु ल्याएको कम्पनीले बताएको छ ।

त्यस्तै, रियलमी सिक्स आईमा फाइभमा भन्दा राम्रो पफर्मेन्श, उत्कृष्ट क्यामेरा र नयाँ डिजाइन रहेको छ ।

रियलमी सिक्स गेमिङ अनुभवका लागि डिजाइन गरिएको हो । यो प्रोेसेसर १२एनएम प्रोसेसमा निर्मित भएको छ र उत्कृष्ट जीपीयूसंग, सुपर फास्ट ¥याम र शक्तिशाली एआईका साथ उपलब्ध छ ।

नयाँ अपग्रेड गरिएको ३० वाट फ्ल्यास चार्जिंग र ४३०० एमएएच ब्याट्रीका साथ रियलमी सिक्सलाई एक घण्टा भित्र पूर्ण रुपमा चार्ज गर्न सकिन्छ ।

रियलमी सिक्समा ६.५ इन्च ९० हर्ज अल्ट्रा स्मुद डिस्प्लेका साथ १२० हर्ज टच स्याम्पिलिंग समावेश छ जसले स्क्रिनको प्रत्येक स्वाइपमा निर्बाध र स्मुद दृश्य अनुभव प्रदान गर्दछ । उत्कृष्ट स्क्रिन—टु—बडी अनुपातका साथ रियलमी सिक्सले सर्वोच्च दृश्य अनुभव प्रदान गर्दै सेल्फी क्यामेराका लागि पन्च होल कटको सहायता गर्दछ । राम्रो सुरक्षाका लागि डिस्प्लेलाई कोर्निंग गोरिला ग्लास ३ ले सुरक्षित गरिएको छ ।

यति मात्र नभएर, रियलमी ६ पन्च होल लाइटका साथ आउँदछ जसले गर्दा फेसियल अनलक प्रयोग गर्दा वा क्यामेरा प्रयोगमा हुँदा क्यामेराको छेउ बल्छ । १६ एमपी अल्ट्रा क्लियर फन्ट क्यामेराले एफ२.० अपर्चर, स्मार्ट ब्युटी मोड, बोकह इफेक्ट लगायतको साथ सेल्फी आवश्यकतालाई पूरा गर्दछ ।

रियलमी सिक्समा अल्ट्रा—क्लियर क्वाड क्यामेरा सेटअप रहेको छ जसमा ६४ एमपी मुख्य क्यामेरा, ८ एमपी ११९ डिग्री अल्ट्रा—वाइड एंगल, म्याक्रो लेन्स र ब्ल्याक एण्ड ह्वाइट प्रोट्रेट लेन्स रहेको छ ।

त्यसैगरी रियलमी सिक्सआई मिडियाटेक हेलियो जी८० चिपसेटले सुसज्जित छ । अक्टा कोर सीपीयूमा २.०जीएचजेड सम्मको मुख्य फ्रिक्वेन्सी छ ।

रियलमी सिक्स आई ४८ एमपी क्वाड क्यामेरामा अपग्रेड भएको छ जसमा—४८ एमपी मुख्य क्यामेरा, ११९डिग्री अल्ट्रा—वाइड—एंगल लेन्स (८एमपी), पोट्रेट लेन्स (२एमपी) र ४सीएम अल्ट्रा म्याक्रो लेन्स (२एमपी) छ ।

यसमा रियलमीकै सबैभन्दा ठुलो ५००० एमएएच ब्याट्री छ । यसले चार्जिंग समय कम गर्न १८ वाटको क्विक चार्ज समर्थन गर्दछ ।

रियलमी सिक्सआईले रेयर स्प्रो कोटिंग प्रोसेस अपनाएको छ र फोन सयौं पटक पोलिस गरिएको छ । परिणामस्वरुप फोनको पछाडि विकसीत म्याट भिजुअल इफेक्टका साथ डेलिकेट र आरमदायी फिनिस देखिन्छ । यो योङ्ग कलर — ग्रीन टी र ह्वाइट मिल्कमा उपलब्ध छ ।

यसमा ६.५ इन्च एचडी प्लस मिनी ड्रप फुलस्क्रिन छ जुन सामान्य डिउड्रप भन्दा ३०.९ प्रतिशतले सानो छ ।

रियलमी सिक्स, ८जीबी ¥याम र १२८जीबी स्टोरेजका साथ रु ३२ हजार ९ सय ९० मा उपलब्ध छ भने रियलमी सिक्सआई ४जीबी ¥याम र १२८जीबी स्टोरेजका साथ रु २५ हजार ९ सय ९० मा आउने छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here