घरजग्गा धितोमा ६० प्रतिशतसम्म लोन, सेयर धितो कर्जाको पनि सीमा बढ्यो

काठमाडौं, २ साउन । राष्ट्र बैंकले घरकर्जालाई बढाएर ६० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै घर जग्गा धितोमा ६० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था भएको बताएका हुन् ।

मौद्रिक नीतिले मार्जिन लेन्डिङ, होम लोन र अटो लोनको सीमा बढाएको बताएका छन् ।

तत्कालका लागि अन्य क्षेत्रमा ऋण प्रवाह हुनसक्ने अवस्था नभएका कारण यी क्षेत्रमा बैंकले प्रवाह गर्न पाउने ऋणको बढाइएको बताए । त्यस्तै उद्योग व्यवसायले ऋण लिएकाहरुले थप २० प्रतिशतसम्म ऋण पाउने भएका छन् ।

नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत् बैंकहरुलाई सो सीमासम्मको थप कर्जा प्रवाह गर्न छुट दिएको हो । उक्त कर्जा चालु पुँजी प्रकृतिको कर्जाको रुपमा उपलब्ध गराइनेछ ।

यस्तै सेयर धितो कर्जाको सीमा ७० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै कर्जाको सीमा ६५ प्रतिशतबाट ५ प्रतिशत बढाएका हुन् ।

कर्जा धितोको मूल्यांकन गर्न १२० दिन तोकिएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here