एउटा बैंकको एटीएमले अर्कोबाट पैसा निकाल्दा शुल्क नलाग्ने

हरेक बैंकमा ग्राहक पहिचान फारम भर्नु नपर्ने

काठमाडौं, २ साउन । कोभिड १९ प्रभाव अवधिभर एउटा बैंकको एटीएम अर्को बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्‍ने भएको छ ।

शुक्रबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण लकडाउन सुरु भएपछि बैंकले एटिएम प्रयोग गर्दा शुल्क नलिने व्यवस्था गरेका थिए । असार मसान्तपछि भने पहिला जस्तै अन्तर बैंक एटिएम प्रयोगमा शुल्क लिन थालेका थिए ।

त्यस्तै अबदेखि एउटा बैंकमा खाता खोल्न ग्राहक पहिचान फारम भरिसकेपछि अर्को बैंकमा खाता खोल्दा फेरि फारम भर्नु नपर्ने भएको छ ।

राष्ट्र बैंकले परिपत्र जारी गरेपछि यो व्यवस्थाको कार्यान्वयन हुनेछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here