उपत्यकामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २ साउन । काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना र भक्तपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here