ट्राफिक प्रहरीबीच कोरोनासम्बन्धि निबन्ध प्रतियोगिता

काठमाडौं, २ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ र इम्पेरियल बिजनेश कलेजको सहकार्यमा भएकोकोरोना भाईरस रोकथाम तथा नियन्त्रण विषयक निबन्ध प्रतियोगितामा उत्कृष्ठ निबन्ध लेख्ने ट्राफिक प्रहरीहरूलाई आज एक कार्यक्रम गरी पुरस्कृत गरिएको छ ।

बन्दाबन्दिको समयमा ट्राफिक प्रहरी २४ सै घण्टा डिउटीमा खट्टिएको भएता पनि आफ्नो डिउटीबाहेकको खालीसमयलाई सदुपयोग गर्न, सिर्जनशील तथा अध्ययनशील बनाउनुका साथै नागरिकहरूलाई कोरोना भाईरसबाट जोगाउन सकिने उपायहरूको चिन्तन मनन गर्नका लागि यस निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो।

उक्त निबन्ध प्रतियोगितामा महानगरीय ट्राफिक प्रहरी वृत्त, महाराञ्जगञ्जका प्रमुख प्रहरी निरिक्षक केशवराज भट्ट प्रथम भएका छन् । उनले प्रथम पुरस्कार बापत ४ हजार रूपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे। यसैगरी दोस्रो प्रनानि शम्भुसुस्केरा, तृतीय प्रज प्रकाश ढकाल, चौथो प्रसनि विष्णु प्रसाद न्यौपाने र पाचौँ प्रसनि गोपाल तामाङले क्रमशस् ३ हजार, २ हजार, १५ सय र १५ सय रूपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन ।

उक्त विजेताहरूलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल, इम्पेरियल बिजनेश कलेजका प्रमुख कार्यकारी अधिकृत जिवन लामा गोले, घुन्सा फाउण्डेसनका अध्यक्ष याङ्जोङ् शेर्पा र प्रहरी उपरीक्षक वामदेव गौत्तमले पुरस्कार प्रदान गरेका थिए । यो प्रतियोगितामा काठमाडौ उपत्यकामा कार्यरत ५१ जना ट्राफिक प्रहरीहरू सहभागी भएका थिए ।निबन्ध प्रतियोगिताका छनोट तथा मूल्याङ्कन सेन्ट जेभियर्सका लेक्चर खेम प्रसाईले गरेका थिए ।

विश्वभर फैलिरहेको कोरोना भाईरसको रोकथाम र नियन्त्रण गर्नका लागि लक डाउन भए संगै ट्राफिक प्रहरीले आफ्नो ड्यूटीको क्रममा कोरोनाबाट उत्पन्न समस्या, संक्रमणबाट बच्ने उपायहरु, ट्राफिक प्रहरीको कर्तव्य र नागरीक मैत्री व्यवहार लगायतका विषय समेटी ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका ट्राफिक प्रहरीहरूबीच २०७६ चैत्र २४ गतेदेखि चैत्र २९ गतेसम्म निबन्ध लेखनको लागि समय दिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

निवन्ध नितान्त गैह्र राजनैतिक,चेतनामूलक, सामाजिक सद्भापव बढाउने,सांगठानिक मर्यादा भित्र रहि सकारात्मक र मौलिक रूपमा लेख्न लगाईएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौत्तम बताए । ।

उनले कोरोना भाईरस संक्रमण तथा यसबाट बच्ने उपायहरु, कोरोना भाईरस संक्रमणको समयमा ट्राफिक प्रहरीको कर्तव्य र जिम्मेवारी, कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणमा खटिदा ट्राफिक प्रहरीको आचरण र नागरीक मैत्री व्यवहार, ट्राफिक प्रहरीले कोरोना भाईरस संक्रमणको अवधिमा समाजमा देखिएका समस्या र समाधानका उपायहरु र कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणको अवधिमा भएको आफ्नो अनुभव यी ५ वटा शीर्षकमध्ये कुनै एक शिर्षकमा निबन्ध लेखेको बताए ।

कार्यक्रममा घुन्सा फाउण्डेसनका अध्यक्ष याङ्जोङ् शेर्पा र इम्पेरियल बिजनेश प्राचार्य प्रजित कुमार तिमल्सिनाले आफ्नो मन्तव्य राख्नुहुदैँ ट्राफिक प्रहरीलाई थप हौसल्ला र मनोबल बढाउने यस्ता कार्यक्रम गर्न पाउँदा हर्षित भएको र आगामी दिनमा पनि यस्तै सहयोग एवम् सहकार्य गरी अगाडि बढ्न तत्पर रहेको हाँहरूले उल्लेख गरे ।

सहयोग एवम् सदभाव प्रति विशेष धन्यवाद दिनुहुदै महाशाखाका प्रमुख एसएसपि भिम ढकालले कार्यक्रममा मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा महाशाखा मातहतका कार्यालय प्रमुखलगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here