चुक्ता पुँजीको ५ प्रतिशत भन्दा कम वितरणयोग्य मुनाफा भएकाले लाभांश वितरण गर्न नपाउने

काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नगद लाभांश वितरणमा कडाइ गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७७/०७८ मौद्रिक नीति सार्वजनिक गर्दै नगद लाभांश वितरणमा कडाइ गरेका हुन् ।

बैंकले कुल चुक्ता पूँजीको ५ प्रतिशतभन्दा कम खुद वितरणयोग्य मुनाफा भएका बैंक तथा वित्तीय संस्थाको नगद लाभांश वितरणमा रोक लगाएको हो ।

बैंकहरुले लाभांश वितरण गर्दा कुल लाभांशको ३० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न नपाउने व्यवस्था गरीने छ, यदि यसरी लाभांश वितरण गर्दा नगद लाभांश निक्षेपको भारित औषत ब्याजदर भन्दा बढी नहुने व्यवस्था गरीएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here