विद्युत् आयोजनालाई सस्तो ब्याजमा कर्जा, आधार दरमा १ प्रतिशत मात्र थप

सांकेतिक तस्वीर

काठमाडौं २, साउन । बिजुली निर्यात गर्ने आयोजनाले सस्तो ब्याजदरमा कर्जा पाउने भएका छन् । विद्युत् निर्यात सुरु गरे ५ वर्षसम्म बैंक तथा वित्तीय संस्थाको आधार दर (बेस रेट) मा १ प्रतिशत बिन्दुले मात्र थप गरी कर्जा प्राप्त हुन सक्ने व्यवस्था मिलाउने मौद्रिक नीतिमा छ ।

मौद्रिक नीतिमार्फत आएको यस्तो सुविधा कार्यान्वयन भए विद्युत् निर्यातमुखी विद्युत् आयोजनाले सस्तो ब्याजदरमा ऋण प्राप्त गर्न सक्नेछन् ।

जलाशययुक्त आयोजनाले भने निर्माण अवधिदेखि नै यस्तो सुविधा पाउने व्यवस्था गर्ने मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

जलाशययुक्त आयोजनालाई पनि आधार दरमा १ प्रतिशत बिन्दुले मात्र थप गरी कर्जा प्राप्त हुन सक्ने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here