विश्व बैंकले नेपाल दिएको अहिलेसम्मकै ठूलो ऋण सहायता, के-के मा गरिन्छ खर्च ?

काठमाडौं, ३ साउन । विश्व बैंकको नेपाल सरकारलाई रु ५४ अर्ब ऋण सहयोग उपलव्ध गराउने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा शुक्रबार अर्थ मन्त्रालयमा नेपालका लागि विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जर्भोस र अर्थसचिव शिशिरकुमार ढुङ्गानाले ऋण सहयोगसम्बन्धी सम्झौतामापत्रमा हस्ताक्षर गरे ।

बैंकले उपलब्ध गराउने उक्त रकम हालसम्मकै सबैभन्दा ठूलो ऋण सहायता हो । उक्त रकम ने पालको यातायात पूर्वाधारको क्षमताका साथै सुरक्षा सुधार, सीमापार व्यापार दक्षता अभिवृद्धि र रणनीतिक सडक सञ्जाल व्यवस्थापनका परियोजना सञ्चालनका निम्ति खर्च गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here