भित्रि सडकको व्यवस्थापन र स्मार्ट स्ट्रिट लाइफको योजना बुन्दै मन्त्री नेम्बाङ

काठमाण्डौ, ३ साउन । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले सरकारले शहरका भित्री सडकको व्यवस्थापन र स्मार्ट स्ट्रिट लाइफको योजना बनाएको बताएका छन् ।

कीर्तिपुर नगरपालिका क्षेत्रमा निर्माण भइरहेका विभिन्न पूर्वाधारहरुको स्थलगत अनुगमन गर्ने क्रममा उनले नगर, महानगरका भित्रिबाटाहरु व्यवस्थित गर्ने, बाटो नभएको ठाउँमा विस्तार गर्ने र कसरी स्ट्रिट लाईफलाई स्मार्ट लाईफको रुपमा परिणत गरेर जाने भनेर स्थानीय निकायहरुसंग छलफल गरिरहेको बताए ।

स्थानीय जनता र जनप्रतिनीधिहरुसँग विकास निर्माणका सम्बन्धमा छलफल अन्तरक्रिया गर्नु आफ्नो नियमित अनुमगनको उदेश्य रहेको उनले बताए ।

मन्त्री नेम्बाङले शुक्रबार कीर्तिपुर नगरपालिकाभित्र निर्माण भइरहेका सडक, पुलको निरीक्षण गर्नुका साथै त्यस क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाहरुको समेत अवलोकन गरेका थिए ।

अनुगमनको क्रममा कीर्तिपुर नगरपालिकाले गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङले नगरपालिका र संघीय सरकार एकअर्का बीच समन्वयले जनताको सेवासंगै भौतिक पूर्वाधार विकासलाई अगाडी बढाउने आधारहरु निर्माण हुने बताए ।

″मैले प्रत्येक हप्ता विदा पर्यो भने विदाको दिन अथवा शुक्रबार, शनिबार मन्त्रालय अन्तर्गत भइरहेका विकास निर्माणका कामहरु अनुगन निरिक्षण गर्ने गर्दछु । पहिलो पटक नगरपालिका आफैले अगाडी बढाईरहेका विकास निर्माण गतिविधि र संघीय मन्त्रालयको तर्फबाट भइरहेका कामको पनि अवलोकन गर्ने मनसायले यहाँ आएको हो,ʺ उनले भने ।

नयाँबजार गेट, पाँगा दोबाटो, नागा उँधोबाटो, भत्केपाटी, पुष्पलाल पार्क र कीर्तिपुर तीनथाना जोड्ने निर्माणाधिन पुलको स्थलगत अवलोकन गरिएको थियो ।

शुक्रबार भएको अनुगमनमा प्रतिनीधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठ, कृष्ण राई, विना श्रेष्ठ, नगर प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खड्का, पूर्वराज्यमन्त्री दिलिप महर्जन, आयोजना प्रमूख साथै स्थानीय सरोकारवालाहरु सहभागी रहनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here