ओप्पोकाे एफ११ प्रो मार्भल्स एभेन्जर्स नेपालमा, कति छ मूल्य ?

काठमाडौं, १७ वैशाख । चिनियाँ स्मार्टफोन निर्माता ओप्पोले मार्भल्ससँगको सहकार्यमा एफ११ प्रो मार्भल्स एभेन्जर्स लिमिटेड एडिसन नेपाली बजारमा बिक्री आरम्भ गरेको छ ।

कम्पनीले बिक्री आरम्भको सुरुवात छानिएका प्रि–बुकर्सका साथमा एभेन्जर्सः ईन्डगेमको स्क्रिनिङसंगै गरेको हो ।

अन्तरराष्ट्रिय ब्राण्डका रुपमा स्थापित हुने र विश्वभरका युवाजमातसंग सटिक संवाद गर्ने उद्देश्य अनुरुप ओप्पोले लोकप्रिय संस्कृति र कला सम्बद्ध विषयसंग साझेदारी तथा पहलहरु गरिरहने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

स्मार्टफोन सार्वजनिक गर्दै कार्यक्रममा ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बब्बी झाओले भने, ‘धेरै ठूलो युवाजमातले प्रतिकात्मक तथा शक्तिशाली मार्भल्स स्टुडियोका एभेन्जर्सलाई आदर्शित गर्ने गरेका छन् । यही कुरालाई विशेष ध्यानमा राखि युवा मार्भल्स फ्यानहरुका लागि केही विशेष कोसेली दिने सोचका साथ हामीले मार्भल्स स्टुडियोज् एभेन्जर्स : ईण्डगेमसंग यो सहकार्य गरेका हौँ ।’

कस्तो छ एफ११ प्रो मार्भल्स एभेन्जर्स ?

एफ११ प्रो मार्भल्स एभेन्जर्स लिमिटेड एडिसनको रंग, स्पेस ब्ल्यू, चलचित्र एभेन्जर्स : ईण्डगेमबाट प्रेरित छ । फोनमा रहेको नीलो ब्याकग्राउण्ड आकर्षक हेक्सागोनल ढाँचाबाट छोपिएको छ र ब्याक कभरमा ओप्पोको सिग्नेचर ग्राडियण्ट ईफेक्ट दिइएको छ ।

गाढा रातो मार्भल्स एभेन्जर्स लोगोले नीलो ब्याकग्राउण्डलाई छेक्दै आकर्षक रातो–नीलो रंगको प्रस्तुतिमात्र नभइ फोनको दुबै तर्फ रहेका रातो स्विचलाई आकर्षक प्रस्तुति समेत दिन्छ ।

फोनको पछिल्तिर रहेको ठूलो कट लोगो र क्यामेरा माथि रहेको सानो पूर्ण लोगोले फोनलाई प्रिमियमलुक्स प्रदान गर्छ ।

फोनको अघिल्तिर कम्पनीले पानोरामिक स्क्रिन उपलब्ध गराएको छ । फोन अन गर्दा यसमा प्रस्तुत हुने वालपेपरमा रहेको चहकिलो मार्भल्स एभेन्जर्स लोगो आकर्षक देखिन्छ ।

फोनमा क्याप्टेन अमेरिकामा आधारित केसको प्रयोग गरिएको छ । यो केसले हातमा बोक्दा सहजता मात्र नभइ फोनलाई अतिरिक्त सुरक्षा र टिकाउपन पनि प्रदान गर्छ । फोनको केन्द्रमा रहेको फिंगर रिंग क्याप्टेन अमेरिकाको प्रतिकात्मक शिल्डबाट अभिप्रेरित रहेको छ ।

ओप्पो एफ११ प्रो मार्भल्स एभेन्जर्स लिमिटेड एडिसन फोनको मूल्य ४९ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ । फोनको उपलब्धता स्टक सिमित रहुन्जेल मात्र हुने कम्पनीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here