हिमालय एयरलाइन्सले मलेसियाबाट गर्ने उद्धार उडान सर्‍यो

काठमाडौं, ४ साउन । हिमालय एयरलाइन्सले आइतबार दिउँसो मलेसियाबाट गर्ने भनिएको उडान सरेको छ ।

मलेसियामा रहेको नेपाली दूतावासका अनुसार आइतबारको उडान सोमबार बिहान ८ बजेका लागि सरेको हो । मंगलबार दिउँसो ४ः४० मा हुने भनिएको हिमालयकै अर्को उडान एक दिनपछि सरेको छ ।

दूतावासका अनुसार मंगलबार हुने भनिएको उडान साउन २२ गते बुधबार बिहान ८ बजे हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here