नेपालमा शाओमीको पहिलो राउटर सार्वजनिक, स्मार्ट डिभाइस भएको कम्पनीको दाबी

काठमाडौं, ४ साउन । शाओमीले आइतबार नेपालमा मी राउटर फोर सी सार्वजनिक गरेको छ ।

योसँगै कम्पनीले नेपालको पोर्टफोलियो विस्तार गरेको छ । यो नेपालमा पहिलो स्मार्ट राउटर हो जुन उपयोग, गति र दायराको सजिलोका लागि अनुकूल छ र स्मार्टफोनमा भएको स्मार्ट मी वाई—फाई एपबाट कनेक्ट गर्न सकिन्छ, कम्पनीले भनेको छ ।

प्रत्येक घरको सेटिंगमा मिल्ने आधुनिक डिजाइनको विशेषता भएको मी राउटर फोरसीले विशाल घरको सबैतिर मजबुत र स्थिर सिग्नल प्रवाह गर्न सक्ने कम्पनीको दाबी छ ।

यसको साथै, ८०२.११ एन वाई—फाई टेक्नोलोजीद्वारा सक्षम मी राउटर ४सी अधिकतम ३००एमबीपीएस को नेटवर्क गतिसम्म पुग्न सक्दछ ।

यसमा भएको डुअल कोर सीपीयू र ६४ एमबी ¥यामले ३२ वटा डिभाइससम्म छिटो र स्थिर कनेक्सन सुनिश्चित गर्ने बताइएको छ ।

मी वाई—फाई एपमार्फत, प्रयोगकर्ताले सजिलै यो उपकरण सेटअप गर्न सक्दछन् र प्यारेन्टल कन्ट्रोल र गेस्ट नेटवर्क सेटिंग जस्ता स्मार्ट फंक्शन एरेमा पुग्न सक्दछन् ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीका अनुसार बजारमा स्मार्ट राउटरको कमी पूरा गर्न कम्पनीले नयाँ प्रडक्ट ल्याएको हो ।

सो राउटर रु. २ हजार ३ सय ९९ मा आजदेखि सबै मी प्रिफर्ड् पार्टनरहरु, मी अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर सस्तोडिलमा खरिदका लागि उपलब्ध हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here