ला लिगा: बार्सिलोनाको सुखद अन्त्य, मेस्सीले जिते सातौं पीचीची अवार्ड

काठमाडौं । स्पेनिस ला लिगाको अन्तिम खेलमा बार्सिलोनाले आलाभेसविरुद्ध ५ गोल गर्दै यस सिजनको सुखद अन्त्य गरेको छ ।

आइतबार रातिको खेलमा बार्साले आलाभेसको घरेलु मैदानमा ५–० को जित निकालेको हो। यस सिजनको उपाधि बार्साको चिर प्रतिद्वन्दी रियल मड्रिडले जितिसकेको छ। दोस्रो स्थानमा रहँदै बार्साले यस सिजनको अन्त्य गरेको हो।

यस सिजन ला लिगाको उपविजेतामा सीमित बनेका मेस्सीले किर्तिमानी भने बनाउन सफल भए। बार्सिलोनाका कप्तान लिओनल मेसी स्पानिस ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बनेका छन् ।

सर्वाधिक गोलकर्ता बन्दै किर्तिमानी सातौं पीचीची अवार्ड प्राप्त गर्न सफल भएका हुन्। मेस्सीले यस सिजन २५ गोल गर्दा रियल मड्रिडका करिम बेन्जेमा २१ गोलमै सीमित बनेका हुन्।

यस सिजन सर्वाधिक गोलकर्ता बनेका मेसीले सर्वाधिक २१ असिस्ट समेत गरेका छन् । उनले एकै सिजन २० असिस्ट गर्ने बार्सिलोनाकै जाभीको कीर्तिमानसमेत तोडे ।

मेस्सीले सन् २०१६ को सिजन यता लगातार चारपटक यस अवार्ड प्राप्त गरेका छन्। त्यसअघि सन् २००९, २०११ र २०१२ मा उनले यस अवार्ड पाएका थिए।

सात पटक स्पेनिस ला लिगाको गोल्ड बुट ‘पीचीची अवार्ड’ प्राप्त गर्ने मेस्सी एक्ला खेलाडी हुन्।

स्पेनका खेलाडी तेल्मो जाराले पीचीची अवार्ड ६ पटक जितेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here