काठमाडौं, ५ साउन । निरन्तर वर्षाको कारण तिब्बतको खासास्थित केरुङ च्छो ताल फुट्ने जोखिम उच्च रहेको छ ।
जोखिमलाइ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पनि भोटेकोशी आसपासका क्षेत्रमा बस्ने बासिन्दालाई सतर्क रहन अपिल गरेको छ ।
सम्भावित खतरालाइ मध्यनजर गर्दै चीनले ताल आसपासका आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ ।