कति पुग्यो अमेरिकी डलर ? यस्तो विदेशी मुद्रा विनिमय दर

काठमाडौं, ६ साउन । अमेरिकी डलर सस्तिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको १२० रुपैयाँ १८ पैसा तिर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विनिमय दरअनुसार राष्ट्र बैंकले सर्वसाधारणबाट भने एक डलर ११९ रुपैयाँ ५८ पैसामा किन्नेछ ।

यस्तै राष्ट्र बैंकले यूरो एकको खरिददर १३७ रुपैयाँ २ पैसा र बिक्रीदर १३७ रुपैयाँ ११ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५० रुपैयाँ ६७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४३ पैसा तोकेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८३ रूपैयाँ ६६ पैसा र बिक्रीदर ८४ रूपैयाँ ४ पैसा रहेको छ । त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य ९ रुपैयाँ ९९ पैसा र खरिददर ९ रुपैयाँ ९४ पैशा तोकिएको छ ।

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३३ रुपैयाँ र खरिददर ३२ रुपैयाँ ८४ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१८ रुपैयाँ ७४ पैसा र खरिददर ३१७ रुपैयाँ १५ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here