चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं, ६ साउन । चाँदीको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदीको भाउ प्रतितोला ४० रुपैयाँ बढेर १ हजार ४० रुपैयाँ पुगेको हो।

यसअघिसोमबार चाँदीको भाउ १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।

चाँदीसँगै सुनको भाउ पनि बढेको छ। अघिल्लो दिनका तुलनामा सुन तोलामा ४ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँ पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि तोलामा ९२ हजार ८०० सम्म पुगेको थियो। तर पुनः घटेको थियो। सोमबार भने अघिल्लो दिनका तुलनामा तोलामा २ सय रुपैयाँ घटेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

असार ३१ गते बुधबार सुनको भाउ हालसम्मकै उच्च अर्थात तोलामा ९२ हजार ८०० रुपैयाँसम्म पुगेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here