पाँच दिनमा झण्डै एक खर्ब निक्षेप थपियो, कर्जा ६१ अर्ब

काठमाडौं ६, साउन । असार महिनाको अन्तिम पाँच दिनमा मात्र वाणिज्य बैंकमा करिब १ खर्ब रुपैयाँ बराबर निक्षेप थपिएको छ ।

छोटो समयमा धेरै निक्षेप थपिएकै कारण असार मसान्तमा बैंकहरुको कुल निक्षेप ३४ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । असार २६ गते यस्तो निक्षेप ३३ खर्ब ८८ अर्ब रुपैयाँ थियो ।

यस्तै, असार अन्तिम साता वाणिज्य बैंकहरुले कुल ६१ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । असार मसान्तमा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी २९ खर्ब ३ अर्ब रुपैयाँ छ । असार २६ गतेसम्म यस्तो लगानी २८ खर्ब ४२ अर्ब रुपैयाँ थियो ।

आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च बढेकाले वाणिज्य बैंकहरुमा एकै पटक ठूलो निक्षेप थपिएको बताइएको छ ।

गत जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो निक्षेप १३.३ प्रतिशतले बढेको थियो ।

सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १८.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here