सात पालिकामा अझै पुगेन बैंक, कतिपय जिल्ला नै विकास बैंक र वित्त कम्पनीबिहीन

काठमाडौं, ६ साउन । मुलकका कुल ७५३ स्थानीय तहमध्ये ७४६ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् ।

नेपाल राष्ट्र बैंकले तथ्यांक अनुसार कूल ७५३ मध्ये सात स्थानीय तहमा अझै बैक विहिन रहेको छ ।

बैंकका अनुसार प्रदेशगत रुपमा वाणिज्य बैंकहरुको उपस्थिति प्रदेश २ र प्रदेश ५ को सबै स्थानिय तहमा पुगेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै २०७७ असार मसान्तसम्म सबै ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा बिस्तार गर्ने लक्ष्य लिएको थियो ।

जसमध्ये हालसम्म ७४६ वटा स्थानीय तहमा मात्रै बैंकका शाखा बिस्तार भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । गत चैत ११ गतेबाट सरकारले घोषणा गरेको लकडाउनका कारणले शाखा बिस्तार रोकिएको हो ।

यस्तै, प्रदेश १ को १३६, बाग्मती प्रदेशको ११७, गण्डकी प्रदेशको ८४, कर्णाली प्रदेशको ७९ र सुदरपश्चिमको ८६ स्थानिय तहमा शाखा सञ्जाल विस्तार भएका छन्।

तर विकास बैंक र वित्त कम्पनीका शाखाहरु भने सबै जिल्लामा बिस्तार भइसकेका छैनन् ।

त्यस अनुसार अझै प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेशमा १/१ स्थानिय तहमा वाणिज्य बैंकको पहुँच पुग्न बाँकी छ। यस्तै बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि २र२ स्थानिय तहमा शाखा विस्तार हुन बाँकी छ।

त्यस अनुसार अझै ७ स्थानिय तहमा वाणिज्य बैंकको शाखा विस्तार हुनसकेको छैन।

त्यसैगरी हालसम्म ७७ वटा जिल्लामध्ये ७ वटा जिल्लामा विकास बैंक र ३६ वटा जिल्लामा वित्त कम्पनीको शाखाको उपस्थिती छैन ।

राष्ट्र बैैंकको तथ्यांकअनुसार हाल २७ वाणिज्य बैंकको ४ हजार २३९ वटा शाखा, २३ विकास बैंकका १ हजार २१६ वटा शाखा र २२ वित्त कम्पनीको २३९ वटा शाखासहित पूर्वाधार विकास बैंकको एउटा र लघुवित्त संस्थाको ४ हजार २२ वटा गरी कुल ९ हजार ७ सय १६ बैंक तथा वित्तीय संस्थाको संख्या र शाखा कार्यालय सञ्चालनमा छन् ।

वित्तीय समावेशीताका लागिसमेत अनिवार्यरूपमा बैंक तथा वित्तीय संस्थाका शाखा खुल्नुपर्ने र नागरिकमा वित्तीय पहुँच स्थापित हुुनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here