काठमाडौंमा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु

फाइलफोटो

काठमाडौं, ६ साउन । काठमाडौंको टोखा नगरपालिका–१ तासीडाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ ।

मंगलबार बिहान आएको पहिरोले पुरिएर रामकुमार रानामगरको जुम्ल्याह-३ वर्षकी छोरी सन्ध्या राना र शचिन रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमाबुबा खाना खान थालेको बेला उनीहरुको खेल्ने क्रममा घरमाथिबाट खसेको पहिरोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here