‘भल्ब भएको एन-९५ मास्कले कोरोना संक्रमणबाट जोगाउँदैन, कपडाकै सुरक्षित’ !

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि भल्ब भएको एन-९५ (एन–नाइन्टी फाइभ) मास्क प्रयोग गर्नु उत्तम नहुने तथ्य सार्वजनिक भएको छ ।

संक्रमणबाट जोगिनका लागि तीन लेयर भएको मास्क प्रयोग गर्नु उत्तम रहेको बताइँदै आएको बेला भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्द्धनले भल्ब भएको एन-९५ मास्कले कोरोना भाइरसको संक्रमण रोक्‍न नसक्ने बताएका हुन् ।

ट्विट गर्दै उनले भनेका छन्, ‘छिद्रयुक्त श्वास यन्त्र राखिएको एन–९५ मास्क कोरोना प्रसार रोक्न अपनाइने नियमविपरीत छ। सबैलाई कपडाले बनेको तीन तहयुक्त मास्क लगाउन र अरूलाई पनि यसैमा प्रोत्साहन गर्न आग्रह छ।’

उनले घरमै बनाइएको मुख छोप्‍न मिल्ने तीन पत्र भएको मास्क प्रयोग गर्न पनि सुझाएका छन् । यसअघि गत अप्रिलमा घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्ने निर्देशिका जारी गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here