७० हजारमा आईफोन एसई, के-के छ विशेषता ?

काठमाडौं । नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले ‘आइफोन एसई २०२०’ नेपाली बजारमा ल्याएको छ।

एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेसन नेक्स्ट कम्युनिकेसनले आईफोन एसई उपलब्ध गराएको हो ।

कम्पनीले ६४ जीबी आइफोनको मूल्य ७० हजार, १२८ जीबीको ७५ हजार र २५६ जीबीको ९६ हजार मूल्य रहेको जानकारी दिएको छ।

कम्पनीले ग्राहकहरुलाई आइफोन आधिकारिक डिलरसँग खरिद गरी सक्कली भ्यानट बिल दिन आग्रह गरेको छ। कालो, सेतो र रातो कलर अप्सनमा उपलब्ध रहेको छ । ग्राहकहरुलाई असली एप्पल उत्पादनहरु आधिकारिक च्यानलहरुबाट मात्र खरिद, सक्कली भ्याटबिल दिन आग्रह गरेको छ ।

आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर, राइजिंग मल, क्वालीटी कम्प्यूटर (विर्तामोड, झापा)। मोबाइल ट्रोन, फ्युचर टेक ट्रेडबाट मात्र खरिद गर्न सकिनेछ ।

बक्समा जेननेक्स्टको होलोग्राम हेर्न नभुल्न आग्रह गर्दै कम्पनीले खरिद गर्नुअघि उत्पादनहरु आधिकारिक हुन वा होइनन् थाहा पाउनका लागि वेबसाइट समेत सार्वजनिक गरेको छ । यहाँ क्लिक गरेर सिरियल नम्बर तथा आईएमईआई नम्बर राखेर त्यसको जाँच गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here