काठमाडौंमा थप तीन जनामा कोरोना संक्रमण

काठमाडौं, ७ साउन । काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार पछिल्ले २४ घण्टामा काठमाडौंमा ३ जना कोरोना संक्रमित थपिएको हुन् ।

प्रवक्ता गौतमका अनुसारराष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा काठमाडौंका २ जना, शुक्रराज ट्रपिकल सरुवा रोग प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै उपत्यकामा कोरोना संक्रमण पुष्टि भएको स‌ंख्या ३ सय ८५ पुगेको छ जसमा काठमाडौंको २ सय ५९, ललितपुरको ७९ र भक्तपुरको ४७ जना रहको छन् । कोरोनाको कारण हालसम्म काठमाडौंमा ३ जना र ललितपुरका १ जनाको मृत्‍यु पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here