अपहरणको नाटक गरेका युवक युवतीसँग होटलमा भेटिए

काठमाडौं, ७ साउन । महानगरीय अपराध महाशाखाको टोलीले अपहरणको नाटक गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

महाशाखाका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ४ चुनदेवीका ३० वर्षीय शक्तिराज रेग्मी छन् ।

रेग्मी अपहरण भएको हुनसक्ने भन्दै असार २४ देखि हराएको भन्दै साउन २ गते महाशाखामा निवेदन परेको एसपी ईश्वर कार्कीले जानकारी दिए ।

अपहरणमा परेको सूचनापछि खोजी गर्दा उनी काठमाडौंको नयाँ बसपार्कस्थित सुगन्ध होटलमा युवतीका साथ बसेको अवस्थामा फेला पारिएको महाशाखाले जनाएको छ ।

रेग्मीलाई नियन्त्रणमा लिएलगत्तै उनले विभिन्‍न ब्यक्तीहरूसँग जग्गा व्यवासाय गर्छु भनि करोडौं रुपैयाँ लिएको पाइएको छ । पैसा रकम तिर्न नपरोस् भन्दै उनले आफैं अपहरणको नाटक गरेको अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here