रातो मत्स्येन्द्रनाथको रथारोहण फेरि स्थगित

फाइलफोटो

काठमाडौं, ७ साउन । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथारोहण फेरि स्थगित गरेको छ । बुधबार दिउँसो साउन १० गतेको लागि तय गरिएको रथारोहण बुधबार राति नै सूचना जारी गरेर स्थगित गरिएको हो ।

गुठी संस्थान ललितपुर शाखा कार्यालयले जारी गरेको सूचनामा कोरोना भाइरसका कारण तोकिएको मितिमा रथारोहण हुन नसक्ने उल्लेख गर्दै नयाँ मुहूर्त जुराएर पुनः रथारोहणको मिति तय गर्ने उल्लेख गरेको छ ।

गत चैत २८ गते कोरोनाका कारण रोकिएको रथ निर्माण कार्य गत असार १० गतेदेखि पुनः सुरु गरिएको थियो । तर मुहूर्त कुरेर अहिलेसम्म रथारोहण गरिएको छैन ।

बुधबार बिहान रथारोहणको मुहूर्त साउन १० गते शनिबारका लागि जुरेको बताइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here