७० वर्ष कटेका र अपाङगता भएका व्यक्तिलाई निशुल्क एम्बुलेन्स सेवा

काठमाडौं, १७ बैशाख । काठमाडौं महानगर र नेपाल एम्बुलेन्स सेवाबीच अस्पताल पूर्वको आकस्मिक स्वास्थ्य सेवा तथा व्यवस्थापन (प्रि हस्पिटल केयर) का लागि सहकार्य भएको छ ।
 

आइतबार काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जित आचार्यले सम्झैता पत्रमा हस्ताक्षर गरेका छन् ।

महानगरले नेपाल एम्बुलेन्स सेवासँग ५ वर्षका लागि सम्झौता गरेको हो । उद्योगी, व्यवसायी, गैरसरकारी संस्था लगायतको सहयोगमा सञ्चालन हुँदै आएको एम्बुलेन्स सेवामा महानगरले सञ्चालन खर्च प्रदान गर्ने भएको छ ।
 
सम्झैता बमोजिम महानगरले एम्बुलेन्स सेवालाई मासिक १२ लाख रकम प्रदान गर्ने भएको छ । साथै ७० वर्ष भन्दा माथि उमेर भएका जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिका लागि निशुल्क सेवा प्रदान गरिने भएको छ ।
 

त्यस्तै विपन्न गरिब र बेसहारालाई वडा कार्यलयको शिफारिसमा निशुल्क सेवा प्रदान गरिनेछ ।

नेपाल एम्बुलेन्स सेवाको हाल १० वटा एम्बुलेन्स सञ्चालनमा रहेको छ । काठमाडौं उपत्यका लगायत चितवन, पोखरा र बुटवलमा पनि यो सेवा २४सै घण्टा फोन नं. १०२ मा सम्पर्क गरि प्राप्त गर्न सकिन्छ ।

नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष रञ्जित आचार्यले भने, ‘विगत ९ वर्षमा आजसम्म ३६ हजार ५ सय जना व्यक्तिहरुलाई हामीले सेवा पु¥याई सकेका छौं र ४७ शिशुको जन्म पनि एम्बुलेन्स भित्र भएको छ । यो सहकार्यले हामीलाई नेपालभरि आफ्नो सेवा विस्तार गर्न र अझ स्तरीय सेवा जनतासम्म पु¥याउन थप हौसला मिलेको छ ।’

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले भने, ‘यो सम्झौता महानगरबासीका लागि ऐतिहासिक दिन हो । यो हरेक नागरिकको जीवनसँग जोडिएकाले यस सेवालाई स्तरीय बनाउनुपर्छ । सम्झौतामा हामीले ७० वर्ष नाघेका जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिले निशुल्क सेवा प्रदान गर्नेछौँ र विपन्न गरिब तथा बेसाहाराले पनि वडा कार्यलयको शिफारिसमा निशुल्क सेवा लिन सक्नेछन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here