अमिताभ बच्चन कोरोना मुक्त, अभिषेकको सबै रिपोर्ट नेगेटिभ

काठमाडौं । मुम्बईको नानावटी अस्पतालमा कोभिड–१९ को उपचार गराइरहेका अमिताभ बच्चनको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएको छ । उनको पछिल्लो टेष्ट नेगेटिभ आएको हो ।

यद्यपि अमिताभको अझै दुई वटा टेस्ट गरिनेछ। ती परीक्षणको रिपोर्टका आधारमा उनी डिस्चार्ज हुनेछन्। लगातार तीन वटा परीक्षण नेगेटिभ आएमा चाँडै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार छोरा अभिषेकको सबै रिपोर्ट नेगेटिभ आएको छ। उनलाई आजै डिस्चार्ज गर्ने तयारी छ। ऐश्वर्या र आराध्याको रिपोर्ट भने आएको छैन।

७७ वर्षका अमिताभ र उनका ४४ वर्षीय छोरा अभिषेक बाहेक ४६ वर्षकी ऐश्वर्या राय र ८ वर्षकी आराध्या पनि कोरोना पोजेटिभ पाइएका थिए । उनीहरुको नानावटी अस्पतालमा उपचार चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here