सेलपे सेवा र महालक्ष्मी लाइफ इन्सुरेन्सबीच सहकार्य

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले महालक्ष्मी लाइफ इन्सुरेन्ससँग बिमा प्रिमियमको डिजीटल भुक्तानीको लागि सहकार्य गरेको छ ।

सहकार्य सम्झौतामा महालक्ष्मी लाइफ इन्सुरेन्सका उप प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

यस सहकार्य अन्तर्गत, अब महालक्ष्मी लाइफ का ग्राहकहरुले आफ्नो बिमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको छ र सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here