काठमाडौंमा एक युवतीमथि एसिड प्रहार

संकेतिक तस्विर

काठमाडौं, ८ साउन । काठमाडौंमा एक युवतीमथि एसिड प्रहार भएको छ ।

बिहीबार साँझ सीतापाइलामा ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ ।

घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो । उनलाई उपचारको लागि कीर्तिपुरस्थित अस्पतालमा लगिएको छ । एसिड प्रहार गर्नेको खोजी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here