साउदीस्थित नेपाली दूतावास २० गतेसम्मका लागि बन्द

काठमाडौं, ९ साउन । साउदी अरबस्थित नेपाली राजदूतावास साउन २० गतेसम्मका लागि बन्द गरिने भएको छ।

‘कोरोना संक्रमणको असहज परिस्थिति’ का कारण आफ्ना केही कर्मचारी क्वारेन्टिनमा बस्नुपर्ने भएकाले राजदूतावासको काउन्टरबाट प्रदान गरिने सेवा आज (शुक्रबार) मध्याह्नदेखि यही साउन २० गते (अगस्ट ४) सम्मका लागि स्थगित गरिएको रियादस्थित नेपाली दूतवासले जानकारी दिएको हो।

साथै ईद पर्वको लामो बिदासमेत परेकाले नेपाली कामदारबारे साउदी सरकारी कार्यालयबाट लिने सेवा पनि सञ्चालन नहुने दूतावासले जनाएको छ।

स्वदेश फिर्तीसम्बन्धी उडान तालिका प्राप्त हुनासाथ त्यो आफ्नो फेसबुक पेजबाट सार्वजनिक गर्ने भएको हुँदा यसबारे टेलिफोनबाट सोधिरहनुनपर्ने दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

यसबीच अत्यावश्यक काम परी राजदूतावासमा सम्पर्क गर्नुपरे राजदूतावासका हटलाइन ०५५९३८९६०० र ०५०००३४७८६ वा कामसँग सम्बन्धित कर्मचारीको मोबाइल नम्बरमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ। मोबाइल नम्बरहरू राजदूतावासको वेबसाइटमा रहेको जानकारी दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here