कुनले कति आर्जन गरे बीमा शुल्क, ३० प्रतिशत हिस्सा नेपाल लाइफको

काठमाडौं, ९ साउन । जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले विभिन्न शीर्षकमा बीमा गराउँदै आएका छन् ।

नेपालमा हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले आ-आफ्ना भिन्नै खालका बीमा योजनाहरु बिक्री गर्दै आईरहेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार कूल १९ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा ७९ लाख ५७ हजार ३५८ वीमा लेख जारी गरेका छन् । जसबाट ३४ अर्ब ४८ करोड प्रथम बिमाशुल्क आर्जन गरेका छन् ।

त्यसको प्रतिस्पर्धाबाट बीमा शुल्क आर्जन गर्ने गरेका छन् । चालु आर्थिक वर्षको ७ महिना सम्ममा जीवन बीमा कम्पनीले ५४ अर्ब ३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

आर्थिक वर्षमा प्रथम, नवीकरण र वैदेशिक रोजगारी गरेर कुल ९४ अर्ब ३८ करोड बीमाशुल्क आर्जन गरेको बीम समितिको तथ्याङमा उल्लेख गरिएको छ ।

गत वर्ष संकलन भएको ३४ अर्ब ४८ करोड प्रथम बीमाशुल्कमध्ये १० अर्ब १६ करोड नेपाल लाइफले मात्रै संकलन गरेको छ ।

त्यस्तै राष्ट्रिय बीमा संस्थानले ९२ करोड प्रथम बीमा शुल्क र ६ अर्ब १३ करोड नवीकरण बीमा शुल्क गरेर सात अर्ब पाँच करोड बीमा शुल्क आर्जन गरेको छ ।

निजी लगानीको पहिलो जीवन बीमा कम्पनी नेसनल लाइफले दुई अर्ब ३५ करोड प्रथम बीमा शुल्क र ६ अर्ब ५६ करोड नवीकरण बीमा शुल्क तथा ३० करोड वैदेशिक रोजगार बीमा शुल्क गरेर नौ अर्ब २१ करोड आर्जन गरेको छ ।

मेट लाइफ इन्स्योरेन्सले एक अर्ब ३० करोड प्रथम बीमा शुल्क र दुई अर्ब ८५ करोड नवीकरण बीमा शुल्क गरेर चार अर्ब १५ करोड बीमा शुल्क आर्जन गरेको छ ।

एसियन लाइफ इन्स्योरेन्सले एक अर्ब ६० करोड प्रथम बीमा शुल्क आर्जन गर्दा चार अर्ब ५४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ ।

निर्जीबन बीमा

निर्जीबन बीमातर्फ दोस्रो ठूलो बीमाशुल्क संकलन गरेको सगरमाथा इन्स्योरेन्सले २ अर्ब १९ करोड र तेस्रो नेको इन्स्योरेन्सले २ अर्ब ७ करोड रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको छ।

यसैगरि सिद्धार्थ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन जनरल, आइएमई जनरल, लुम्बिनी जनरल, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, दी ओरियन्टल इन्स्योरेन्सले १ अर्बमाथि कुल बीमाशुल्क संकलन गरेका छन् ।

सानिमा जनरल इन्स्यारेन्सले सबैभन्दा कम ३५ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ भने नयाँ निर्जीबन बीमा कम्पनी अजोड इन्स्योरेन्सले ८६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउन कारण बीमाशुल्क संकलन प्रभावित भएपछि बीमा कम्पनीहरुले असार महिनामा उल्लेख्य बीमाशुल्क संकलन गरेका छन्।

गत आर्थिक वर्षमा आर्जन गरेको प्रथम बीमाशुल्क रकमको ३३.७८ प्रतिशत र नवीकरणको २२.२५ प्रतिशत नवीकरण रकम असारमा मात्रै संकलन भएको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here