‘अफ्ठ्यारो परिस्थितिमा निजी क्षेत्र अभिभावकविहीन जस्तै भयो’

साधारण सभा स्थगित गरिएकोप्रति चन्द्र ढकाल समूहको असन्तुष्टि

काठमाडौं, ९ साउन । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी बैठकले गरेको निणर्य प्रति उपाध्यक्ष चन्द्रप्रसाद ढकालले असन्तुष्टि प्रकट गरेका छन् ।

महासंघको पदाधिकारी बैठकले साधारणसभा स्थगत गर्ने निर्णय गरेको भोलिपल्ट शुक्रबार पत्रकार सम्मेलन गर्दै ढकालले निजी क्षेत्र अहिले अभिभावकविहीन भएको पनि उल्लेख गरेका छन् ।

ढकालले विज्ञिप्ति जारी गर्दै चैतमा हुनुपर्ने साधारणसभा पुरानो नेतृत्व आफ्नो जिम्मेवारीबाट पन्छिने र नयाँ नेतृत्वले जिम्मेवारी लिन नचाहने स्थितिका कारण हुन नसकेको बताएका छन् ।

यसले गर्दा एकातर्फ महासंघ बेवारिसे हुन गयो भने अर्कोतर्फ यसमा आवद्ध लाखौं उद्योगी, व्यापारी तथा व्यावसायीले अफ्ठ्यारो परिस्थितिमा आफ्नो अभिभावक विहिन जस्तो महशुस गर्न पुगे भनी उल्लोख छ ।

विज्ञप्तिमा महासंघ म्याद सकिएको औषधी जस्तो भएको भन्दै आवश्यकता पर्दा केही नहुने संस्थाको औचित्य के भन्ने अहिले पीडामा रहेका साना व्यवसायीको गुनासो रहेको भनिएको छ ।

साधारणसभा स्थगित गरेर अर्को मिति तय समेत नगरिँदा यसले कानुनीमात्र नभइ हाम्रो नैतिक र सामाजिक जगसमेत कमजोर बनाएको भन्दै विज्ञप्तिमा साढे ५ दशक पुरानो संस्था कानुनी रुपमा इतिहासमै कमजोर बनेको भनिएको छ ।

यसअघि अवस्था सहज नभएकै कारण चुनाव सारिएको भएपनि अहिले लकडाउन पूर्ण रुपमा हटेको, सार्वजनिक यातायात सञ्चालनमा आइसकेको अवस्थामा चुनाव सार्नु गलत भएको विज्ञिप्तिमा उल्लेख छ ।

बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले साउन २६ र २७ गतेका लागि प्रस्तावित ५४ औँ साधारणसभा स्थगित गर्ने निर्णय गरेको थियो।

उद्योग वाणिज्य महासंघको चुनाव फेरि सर्‍यो, अब कहिले ?

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here