काठमाडौं, ९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ९ सय ८७ वटा नमुना परिक्षण गरिएकोमा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ जनामा पुगेको मन्त्रालयले बताएको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय ७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ।
कुल संक्रमितमध्ये ४३ जनाको मृत्यु भएको छ।