सुनचाँदी ब्यवसायी महासंघको तेश्रो महाधिवेशन असोज २५ र २६ गते काठमाडौंमा

काठमाडौं, १० साउन । नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेश्रो महाधिवेशन तथा ७ औं बार्षिक साधारणसभा आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ ।

महासंघको हालै सम्पन्न १७ औं कार्यसमितिको भर्चुअल बैठकले यो निर्णय गरेको हो ।

महाधिवेशनमा देशभरवाट करिव ४ सय जना प्रतिनिधी सहभागी हुनेछन् ।

बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि गर्ने निर्णय गरेको छ । यसको लागि असोज १२ गतेको मिति तय भएको छ ।

महासंघको बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका निमित्त बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप समितिहरु समेत गठन गरेको छ ।

हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन
आम उपभोक्ताको सर्वोपरी हितलाई मध्यनजर गर्दै महासंघले हिरा लगायत रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याव स्थापना गर्ने निर्णय गरेको बताएको छ ।

यस विषयमा थप प्रष्ट हुने गरी बैठकले हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन गर्ने निर्णय पनि गरेको छ । हाल बहुमूल्य हिरा तथा पत्थरको सक्कली–नक्कली र मूल्य यकीन नहुँदा आम उपभोक्ता मर्कामा पर्दै आएको पनि उसको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here