हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण गरिने

काठमाडौं, ११ साउन । अब सुन चाँदी जस्तै हीरा तथा अन्य बहुमूल्य पत्थरको पनि मूल्य निर्धारण गरिने भएको छ ।

हालसम्म सुन तथा चाँदीको मूल्य निर्धारण हुने भए पनि बहुमूल्य हीरा तथा पत्थरको मूल्य कति भन्ने निर्धारण हुन सकेको थिएन् ।

नेपालमा अहिलेसम्म भारतको मुम्बइमा रहेको डाइमण्ड बजारको मूल्यसँग तुलना गरेर मूल्य तोक्ने गरेको महासंघको भनाइ छ । भारतबाट हीरा ल्याउँदा कति परेको छ, त्यसलाई नेपालमा ल्याएर २५ प्रतिशतसम्म नाफा राखेर बेच्ने गरिन्छ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघले हिरा लगायत रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याव स्थापना गर्ने निर्णय पनि गरेको छ ।

यस विषयमा थप प्रष्ट हुने गरी बैठकले हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

हाल बहुमूल्य हिरा तथा पत्थरको सक्कली–नक्कली र मूल्य यकीन नहुँदा आम उपभोक्ता मर्कामा पर्दै आएको पनि उसको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here