उच्च सतर्ककता अपनाउँदा अपनाउँदै उत्तर कोरियामा पनि देखियो कोरोना

एजेन्सी । कोरोना भाइरस माहामारीले नछोएको भनिएको देश उत्तर कोरियामा पनि कोरोना संक्रमण देखिएको छ ।

उच्च सतर्ककता अपनाउँदा अपनाउँदै पनि कोरोना भाइरस संक्रमण देखिएपछि सत्तारुढ दलको आकस्मिक बैठक बसेको छ।

नेता किमजोङ उनले देशभित्र कोरोना संक्रमित देखिएपछि आकस्मिक रुपमा कोरियन वकर्स पार्टीको पोटिल ब्यूरो बैठक डाकेका हुन् ।

विश्वका लगभग सबै जसो देशहरुमा कोरोना संक्रमण तिव्ररुपमा फैलिइरहँदा पनि उत्तर कोरीयाले भने कोरोना संक्रमित नभेटिएको दावी गर्दै आइरहेको थियो ।

दक्षिण कोरियाबाट ५ दिन अघि उत्तर कोरिया गएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको उत्तर कोरियाका समाचार माध्यमले जानकारी दिएका छ ।

समाचार माध्यम केसीएनएका अनुसार ३ वर्ष पहिला उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया गएका ती व्यक्ति जुलाई १९ मा गैरकानुनीरुपमा उत्तर कोरिया फर्केका थिए । कासोङ शहरका उनको परीक्षणका क्रममा कोरोना भाइसर संक्रमण भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here