सुनको मूल्यमा दिनहुँ नयाँ ‘रेकर्ड’ कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ११ साउन । सुनको मूल्य लगातार बढ्दै गएको छ । अघिल्लो दिनको तुलनामा आइतबार सुन तोलामा ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ यो मूल्य अहिलेसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको हो ।

महासंघले शुक्रबार सुनको मूल्य तोलामा ९५ हजार ८ सय कायम गरेको थियो । यस्तै आइतबार तेजावी सुनको मूल्य ९५ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here