नेप्सेमा सूचीकृत ५० प्रतिशत जलविद्युत् कम्पनीको सेयर मूल्य आइपीओभन्दा सस्तो

काठमाडौं, ११ साउन । पछिल्लो समय सेयर बजार अनुकूल वातावरण बन्दै लयमा फर्किएपछि जलविद्युत् कम्पनीको अवस्था भने दयनीय बन्दै गएको छ ।

बिक्रिमा आएका नयाँ लघुवित्त कम्पनीको सेयरमा लगातार सकारात्मक सर्कीट लागेपनि लगानीकर्ताले जलविद्युत कम्पनीको सेयर भने किन्न छोडेका छन् ।

यही कारण नेप्सेमा सूचीकृत करिब डेढ दर्जन (१७ वटा) जलविद्युत कम्पनीको सेयर अंकित मूल्य (प्रतिकित्ता) एक सय रुपैयाँ भन्दा तल छ ।

हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३४ जलविद्युत कम्पनी सूचीकृत छन् ।

त्यसमध्ये जलविद्युत् कम्पनीमध्ये करिब आधा दर्जन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५० रुपैयाँभन्दा पनि कम पनि रहेको छ ।

विगतमा राम्रो प्रतिफल लाभ दिइरहेका चिलिमे जलविद्युत कम्पनीलगायत केही कम्पनीको सेयर भने एक सय भन्दा माथी छ ।

नेप्सेमा सूचीकृत १२ वटा समूहमध्ये अन्य क्षेत्रका कम्पनीहरुको सेयर मूल्य आइपीओको मूल्यभन्दा माथि रहे पनि जलविद्युत् क्षेका अधिकांश कम्पनीको सेयर मूल्य आइपीओभन्दा पनि सस्तो रहेको छ ।

बिहिबारको कारोबार अनुसार सबैभन्दा धेरै जोशी हाइड्रोपावरको सेयर मूल्य घटेको छ । सो दिन बजार बन्द हुँदा खानीखोलाको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, खानीखोला, दिव्यश्वरी, आँखुखोला, युनियन हाइड्रोपावरको सेयर मूल्य प्रीतकित्ता ५० रुपैयाँभन्दा कम छ ।

एक सय भन्दा कम सेयर मूल्य हुने जलविद्युत कम्पनीहरु:

१. आँखुखोला जलविद्युत— ४८ रुपैयाँ

२. अरुण भ्याली— ९४ रुपैयाँ

३. वरुण हाइड्रोपावर— ८३ रुपैयाँ

४. च्याङ्दी हाइड्रोपावर— ८१ रुपैयाँ

५. दिव्यश्वरी हाइड्रोपावर— ४७ रुपैयाँ

६. घलेम्दी हाइड्रो— ५४ रुपैयाँ

७. जोशी हाइड्रोपावर विकास कम्पनी— ४६ रुपैयाँ

८. हिमालयन उर्जाविकास कम्पनी — ९३ रुपैयाँ

९. खानीखोला हाइड्रोपावर— ४७ रुपैयाँ

१०. माउण्टेन हाइड्रो— ८१ रुपैयाँ

११. नेशनल हाइड्रोपावर कम्पनी— ५० रुपैयाँ

१२. पञ्चकन्या माइ जलविद्युत— ७२ रुपैयाँ

१३. राईरंग हाइड्रोपावर— ९० रुपैयाँ

१४. रिडी जलविद्युत विकास कम्पनी— ८१ रुपैयाँ

१५. हिमाल दोलखा कम्पनी- ९६ रुपैयाँ

१६. यूनियन हाइड्रोपावर— ५० रुपैयाँ

१७. यूनिभर्सल पावर कम्पनी— ५० रुपैयाँ