महालक्ष्मी बैंकले ल्यायो विशेष कर्जा योजना, ९.९९ प्रतिशत ब्याजमा आवास र उद्यमशील कर्जा दिने

काठमाडौं, ११ साउन । महालक्ष्मी विकास बैंकले घर खरिद गर्न अथवा घर निर्माण गर्ने ग्राहकहरुलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्नहरुलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा ल्याएको छ ।

बैंकले दुवै कर्जा योजनामा ऋणिका लागि ९.९९ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्नुका साथै कर्जा शुल्कमा विशेष छुट प्रदान गर्नेछ ।

आवास कर्जा अन्तर्गत ऋणिका लागि निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, दुई वर्षसम्म ब्याजमात्र भुक्तानी गर्न सकिनेछ भने घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना बीमा जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

घर खरिद गर्न अथवा घर निर्माण गर्न र उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी उद्यमशील कर्जा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछन् ।

घर खरिद गर्न अथवा घर निर्माण गर्न र उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी उद्यमशील कर्जा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछन् । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकका करिब ५ लाख ग्राहक छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here