रिलायबल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, आईपीओ जारी गर्ने प्रस्ताव पारित

काठमाडौं, ११ साउन । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सञ्चालक समितिको अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा बसेको साधारण सभाले सर्वसाधारणमा साधारण सेयर (आईपीओ जारी गर्ने) प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

यस्तै कम्पनीको कार्यक्षेत्र वृद्धि गर्ने उदेश्य थप गर्ने लगायतकोृ विशेष प्रस्ताव पनि पारित गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०७४ सातमा जीवन वीमा सम्बन्धि कारोबार सुरु गरेको कम्पनीको १७ वटा वीमा योजना बिक्री गर्दै आएको छ ।

उक्त योजना मार्फत गत आर्थिक वर्षमा १ अर्थ ६० करोड वीमा शुल्क आर्जन गरेको छ । ८२ वटा आउटलुक सञ्चालनमा रहेका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here