घट्यो नेपालको वैदेशिक व्यापार, भन्सार राजस्व लक्ष्यको ६४.४ प्रतिशत मात्रै

काठमाडौं, १२ साउन । आर्थिक वर्ष २०७६/ ०७७ मा नेपालको वैदेशिक व्यापार घटेको छ।

भन्सार विभागले तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारघाटा १४.६९ प्रतिशतले घटेर ११ खर्बमा सिमित भएको हो ।

तथ्यांकअनुसार उक्त अवधिमा ११ खर्ब ९६ अर्बको आयात भएको छ। अघिल्लो आव अर्थात् २०७५/०७६ मा १४ खर्ब १८ अर्बको आयात भएको थियो।

गत आर्थिक वर्षको सुरुमा निर्यातमा बढे पनि अन्तिमतिर कोरोना महामारीको असर देखिएको हो। सुरुतिर १८ प्रतिशतसम्म बढे पनि अन्तिमतिर करिब १ प्रतिशतले निर्यात घटेको तथ्यांकले देखाएको छ।

आव २०७५/०७६ मा ९७ अर्ब १० करोड रुपैयाँबराबरको सामग्री निर्यात भएकोमा ०७६/०७७ मा ९६ अर्ब १५ करोड बराबरको मात्रै निर्यात भएको छ।

उक्त अवधिमा नेपालले ११ खर्बको व्यापारघाटा व्यहोरेको छ। गत आर्थिक वर्षमा भन्सार राजस्व लक्ष्यको ६४.४ प्रतिशत मात्रै उठेको छ । अर्थमन्त्रालयले गत आर्थिक वर्षमा ४ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, गत आर्थिक वर्षमा ३ खर्ब ५ अर्ब रुपैयाँ मात्रै राजस्व उठेको छ ।

गत आर्थिक वर्षमा कुल आयात व्यापार १५.६३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा १४ खर्ब १८ अर्ब ५३ लाख रुपैयाँ बराबरको आयात भएकोमा गत आर्थिक वर्ष २०७६/७७ मा ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँ बराबरको भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here