ओकमिस्ट टचलेस अटोमेटिक स्यानिटाइजर डिस्पेन्सर बजारमा

काठमाडौं, १३ साउन । स्मार्ट आर्क प्रालिले नेपालमा कन्ट्याक्टलेस ह्याण्ड स्यानिटाइजर उपकरण भित्र्याएको छ । कम्पनीले ओकमिस्ट ब्राण्डको कन्ट्याक्टलेस ह्याण्ड स्यानिटाइजर ल्याएको हो जसले कुनैपनि मानिसको हातलाई नछोईकन नै स्वचालितरुपमा स्यानिटाइज गर्दछ ।

विश्वभर कोरोनाभाइरसको महामारीमा हातलाई सफा र सुरक्षित गर्ने ह्याण्ड स्यानिटाइजरलाई थप प्रभावकारी बनाउन यसले मद्दत गर्ने कम्पनीले बताएको छ ।

कम्पनीले भारतमा निर्मित ओकमिस्ट ब्राण्डको ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर बजारमा ल्याएको हो । यो टचलेस स्यानिटाइजर डिस्पेन्सर भारतको रक्षा, अनुसन्धान तथा विकास संगठन(डिआरडिओ)सँग मिलेर रिओट ल्याब्ज प्रालिले उत्पादन गरेको हो ।

कोरोनाभाइरसबाट सुरक्षा गर्न र अधिक भिडभाड हुने स्थानमा आवतजावत गर्ने मानिसहरुको हात स्यानिटाइज गर्न रिओटले डिआरडिओको सहयोगमा टचलेस स्यानिटाइजर डिस्पेन्सर विकास गरेको बताइएको छ ।

नयाँ उपकरण यसमा भएको अल्ट्रासोनिक सेन्सरको आधारमा संचालन हुन्छ । यसले केबल १२ सेकेण्डमा स्वचालितरुपमा अल्कोहलमा आधारित ५ देखि ६ मिलिलिटरको स्यानिटाइजरले मानिसको हातलाई स्यानिटाइज गर्न सक्दछ ।

‘हामी दैनिक नियमितरुपमा आँखा, नाक र मुखमा हातले छुने गर्दछौं । अनुसन्धानकाअनुसार मानिसहरुले दैनिक २३ देखि ५० पटक आफ्नो अनुहारको विभिन्न स्थानमा छुने गर्दछन । यसले मानिसहरुमा कोरोनाभारस सार्न सक्दछ । तर ओकमिस्टको यो टचलेस स्यानिटाइजर डिस्पेन्सरले त्यस्तो जोखिमबाट मुक्त गर्न सक्दछ,’ कम्पनीले भनेको छ ।

कम्पनीका निर्देशक राहुल अग्रवालले अधिक भिडभाड हुने स्थानहरुमा ओकमिस्ट टचलेस स्यानिटाइजर डिस्पेन्सर प्रयोग गर्न सकिने र यसले सयौं मानिसहरुको हातलाई दैनिकरुपमा सजिलै स्यानिटाइज गर्न सक्ने बताए ।

यसमा प्रयोग गरिएको प्रविधिले स्यानिटाइजरलाई खेर जान दिँदैन भने पटक पटक हातले स्यानिटाइजर बक्सलाई छुनुपर्ने बाध्यता हटाउँछ । यसले कार्यालयहरु वा सार्वजनिक स्थलहरुमा ह्याण्ड स्यानिटाइजर गराउनका लागि छुट्टै मानिस राख्नुपर्ने अबस्थाको अन्त्य हुनेछ ।

ओकमिस्ट प्लस टचलेस स्यानिटाइजर डिस्पेन्सरमा ५ लिटरको स्यानिटाइजर प्रयोग गर्न सकिन्छ भने यसमा १ वर्षको वारेन्टी दिईएको छ ।

यसलाई स्मार्टफोन एपबाट समेत नियन्त्रण गर्न सकिने सुबिधा रहेको छ । जसको माध्यमबाट कति सेकेण्डसम्म स्प्रे गर्ने भन्ने समय निर्धारण गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here