काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार थप ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा भक्तपुरका एक जना, काठमाडौंका ११ जना, शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ९ जना, ललितपुरका एक जना, त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौंका १ जना, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ललितपुरका एक जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका २१ जना र स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ६ जना र ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here