उद्योग विभाग परिसरबाट एकल बिन्दु सेवा

काठमाडौं, १९ वैशाख । सरकारले पहिलो पटक सरकारका सबै निकायबाट दिइने सेवा एकै स्थानबाट उपलब्ध हुने गरी एकल बिन्दु सेवा केन्द्र संचालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यस्तो केन्द्र उद्योग विभाग परिसरमा स्थापना गरिएको हो ।

केन्द्रबाट तोकिएको समयमा एकै स्थानबाट सरकारका फरक फरक निकायको काम सम्पन्न हुने गर्छ । खासगरी विदेशी लगानीकर्तालाई आकर्षित गर्न पहिलो पटक यस्तो सेवा केन्द्रको अवधारणा कार्यान्वयनमा आएको हो ।

यस केन्द्रबाट उद्योग स्थापनाको अनुमति, दर्ता, बिस्तारदेखि खारेजीसम्मका उद्योग प्रशासनसम्बन्धी सेवा उपलब्ध हुने उद्योगी सचिव यामकुमारी खतिवडाले जानकारी दिएकी छिन् । केन्द्रभित्र विभिन्न एकाई रहने र ति एकाईले अनलाइनमार्फत सेवा प्रवाह गर्ने उनको भनाई छ ।

केन्द्र मातहत उद्योग दर्ता, वातावरण, विदेशी विनिमय, भिषा सहजिकरण, पूर्वाधार, जग्गा प्रशासन, भन्सार तथा राजस्व र प्रशासन तथा कानून एकाई खडा गरिएको छ ।

केन्द्रमा ४१ जना कर्मचारीको दरवन्दी खडा गरिएको छ । केन्द्रमा विभिन्न एकाई अन्तर्गत नेपाल सरकारका १४ निकायको प्रतिनिधित्व हुने मन्त्रालयले जानकारी दिएको छ ।

केन्द्रमा उद्योग विभाग, कम्पनी रजिष्टारको कार्यालय, आन्तरिक राजस्व विभाग, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अध्यागमन विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, भन्सार विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, नेपाल राष्ट बैंक, नेपाल विद्युत प्राधिकरण र दूर संचार प्राधिकरणबाट प्रतिनिधिहरु यस केन्द्रमा स्थापना गरिएका एकाईमा बसी सेवा गर्नेछन् ।

एकल विन्दु केन्द्रबाट प्राप्त हुने केही महत्वपूर्ण सेवा

कम्पनी, फर्म, उद्योग दर्ता, अनुमति, स्थापना, नविकरण, कारोबार, क्षमतावृद्धि  र खारेजी

उद्योगलाई आवश्यक पर्ने खानी लगायतमा निकायगत समन्वय गरी स्वीकृति दिने

व्यवसाय दर्ता गर्ने कागजात विद्युतीय स्वरुपमा ग्रहण गर्ने

निश्चित रकमसम्मको विदेशी लगानी स्वीकृति र विदेश फिर्ता लैजाने कार्यका लागि सहमति दिने

कानूनबमोजिम कर तथा राजस्व छूट, प्रोत्साहन, सुविधा र सहुलियत प्रदान गर्ने

वन क्षेत्र, जग्गाका विषयमा वातावरणीय अध्ययनसम्बन्धी स्वीकृति दिने

उद्योगमा आवश्यक विद्युत, संचार, पानी तथा खानेपानी, सुविधा, पहुँचमार्ग निर्माणलगायत औद्योगिक निर्माणमा सहजिकरण र समन्वय गर्ने

विदेशी लगानीकर्ता र कामदारलाई श्रम स्वीकृति तथा भिषा उपलब्ध गराउने

उद्योग व्यवसायलाई आवश्यक पर्ने सबै प्रकारका सिफारिस तथा सहजिकरण गर्ने

स्थायी लेखा नम्बर प्रदान गर्ने ड्ड आयात निर्यात संकेत नम्बर प्रदान गर्ने ड्ड उद्योग व्यवसायमा आइपरेका वाधा व्यवधान निराकरण गर्न सार्वजनिक निजी संवादको कार्य गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here