राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौं, १४ साउन । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कर्मचारी मागेको छ । बुधबार एक सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्रका लागि कारारमा कर्मचारी मागेको हो ।

राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनका लागि विभागले वितरण दर्ता अपरेटर १७६ जनाको लागि करारमा भर्नाका लागि दरखास्ता आह्रान गरेको छ । जसमा सर्लाहीमा ६३, कास्कीमा ६० र सप्तरीको लागि ५३ जना माग गरेको हो ।

सूचना प्रकासित भएको मितिले १५ दिन भित्रमा निवेदन दिन भनिएको छ । १२ कक्षा पास गरेको र १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेकाहरुले दरखास्त दिन सक्ने छन्। त्यस्तै दैनिक १२ सय पारिश्रमिक उपलब्ध गराइने र सार्वजनिक बिदामा पनि काम गर्नुपर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here