चिकित्सक,सुरक्षाकर्मी र कैदीबन्दीसहित ३४ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १४ साउन । पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परिक्षण सेना, प्रहरी र कैदीबन्दीसहित ३४ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेमा २ देखि ६५ वर्ष उमेरका रहेका अस्पताल स्रोतले जनाएको छ ।

संक्रमितमध्ये ५ जना बालबालिका, १० जना महिला र १९ जना पुरुष रहेका छन् । संक्रमितमा सेना एकजना, प्रहरी तीन जना, कैदीबन्दी छ जना, कारागारका कर्मचारी दुई जना, स्वास्थ्यकर्मी एक जना र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका एक जना व्यक्ति पनि छन् ।

संक्रमित महिलाहरुको उमेर २, २, ४, ७, ३२, ३२, ६०, ४०, ५ रहेको छ भने पुरुषहरुको उमेर ४४, ६५, ४, २१, ५४, ३२, ६५, २५, ३६, २७, ३८, ४५, ५०, ४०, २२, ३६, ४२ वर्ष रहेको छ।

संक्रमितमध्ये २० जना श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सिया वीरगञ्जका बासिन्दा हुन । वीरगञ्जमा समुदाय स्तरमा संक्रमण फैलिएको आशंका गरिएको छ । ५० सैय्या क्षमताको अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा ६२ जना संक्रमितलाई राखिएको छ ।

पछिल्लोपटक संक्रमण देखिएका अधिकांशलाई होम आइसोलेसनमा राखिएको छ । वीरगञ्जमा स्वाब संकलन गरिएका १५ सयको रिपोर्ट आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here