भारत अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए, १० लाख संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड बनेको बिहीबार भारतमा ५२ हजार २४९ जना संक्रमित भएको भेटिएको हो । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो ।

योसँगै भारतमा कुल संक्रमित संख्या १५ लाख ८४ हजार ३८४ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो ।

संक्रमितमध्ये अहिलेसम्म १० लाख २१ हजार ६११ संक्रमणमुक्त भएका छन् भने ५ लाख २७ हजार ७७० जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७७९ जनाको मृत्यु भएपछि बिहीबार बिहानसम्म ज्यान गुमाउनेको ३५ हजार ३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here